पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ।
यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।
बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार पोखराबाट भरतपुर दैनिक उडान हुँदै आएको थियो। पोखराबाट नेपालगञ्ज भने सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) उडान हुँदै आएको थियो। ‘हवाई इन्धनको मूल्य वृद्धि भएसँगै भाडा पनि बढ्यो। त्यसपछि यात्रु पनि कम भए,’ बरालले भने, ‘सिजनका बेला पनि यात्रु कम भए। यो बेला भारतीय हवाई यात्रु हुनुपर्ने सिजन भएपनि पर्याप्त यात्रु भएनन।’ बरालले भने ।
पोखरा–भरतपुरको उडानमा यात्रु संख्या घटेर १० जनासम्म झरेका थिए। ‘खर्च नै धान्ने अवस्था रहेन। त्यसपछि उडान रोक्न बाध्य भयौं,’ उनले भने।
नेपालगञ्जको उडान भने एकमहिनाका लागि रोकेको र यात्रु भएमा पुन संचालन गर्ने पनि उनले बताए। नेपालगञ्जबाट पोखरा आउने यात्रुमध्ये धेरैजसो भारतीय पाहुना हुने गरेका थिए। तर, पछिल्लो समय भारतीय पनि कम भएको उनले बताए।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो