कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण केसी

नियुक्ति

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण केसी

क्याम्पस स्थापनाकालदेखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा केसी परिवारको योगदान

kiran kc

पोखराको कालिका बहुमुखी क्याम्पसकाृे अध्यक्षमा पुनः किरण केसी सर्वसम्मत् चयन भएका छन् ।

लगातार तेस्रो कार्यकालका लागि प्रतिष्ठित उद्योगपति, युवा व्यवसायी केसीलाई अध्यक्षमा चयन गरिएको क्याम्पसले जनाएको छ ।

कालिका क्याम्पसको उन्नयनमा केसी परिवारको योगदान महत्वपूर्ण रहेको छ । उद्योगपति तथा समाजसेवी स्व. सूर्यबहादुर केसीको परिवारले ३ करोड खर्चेर पुस्तकालय भवन निर्माण गरिदिएको छ । सो भवन निर्माण कार्य सम्पन्न गरी गत पुसमा क्याम्पसलाई हस्तान्तरण गरिएको थियो ।

केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका छोरा किरण केसी, प्रकाश केसी र रोशन केसीले विद्यालयमा नयाँ भवन निर्माण गरिदिएका हुन् ।

क्याम्पस स्थापनाकालदेखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा स्व. केसीले उल्लेख्य योगदान गरेका थिए । स्व. केसीको सम्मानमा क्याम्पस परिसरमा शालिक निर्माण पनि गरिएको छ ।

सम्बन्धित समाचारः

कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप केसी

मन्दिप केसी

केसी गण्डकन्यूजका फोटो जर्नालिस्ट हुन् ।

ट्रेन्डिङ