पोखरा । नेपालको दुग्ध उद्योगमा गुणस्तर, स्वाद र विश्वासको परिचित ब्रान्ड सफल डेरी प्रा.लि.ले आफ्नो लोकप्रिय अभियान ‘सफल दही, एकदम सही’ लाई यस वर्ष अझ व्यापक र प्रभावकारी रूपमा सञ्चालन गर्ने भएको छ ।
कम्पनीले आधुनिक व्यस्त जीवनशैली र बढ्दो जिम्मेवारीका बीच परिवारका लागि सन्तुलित तथा पोषणयुक्त आहारको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै सफल दहीले स्वस्थ र सन्तुलित खानपानमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । ‘आफ्नो तथा परिवारको स्वास्थ्यका लागि सफल दही रोज्नु सही निर्णय हो’ भन्ने सन्देशसहित कम्पनीले अभियान अघि बढाएको हो ।
उपभोक्ताको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै सफलले विभिन्न प्रकार र प्याक साइजमा दही उपलब्ध गराउँदै आएको जनाएको छ । सफल दही १२५ एमएल कप, २०० एमएल कप, ५०० एमएल कप, ५०० एमएल पाउच तथा १ लिटर कपमा उपलब्ध छ । त्यसैगरी, सफल सादा दही ५०० एमएल कप, १ लिटर कप र ५०० एमएल पाउचमा उपलब्ध रहेको छ भने सफल जुजु धौ ५०० एमएल र १ लिटर कपमा पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सफल दही स्वाद मात्र नभई स्वास्थ्य र शुद्धताको भरोसा पनि हो । आधुनिक उत्पादन प्रविधिबाट तयार गरिएको सफल दहीमा शरीरका लागि आवश्यक क्याल्सियम, भिटामिन, प्रोटिन तथा मिनरल्स जस्ता महत्वपूर्ण पोषक तत्व समावेश छन् । यी तत्वहरूले शरीरको समग्र स्वास्थ्य, हड्डीको मजबुती तथा दैनिक पोषण आवश्यकतामा सहयोग पुर्याउने कम्पनीको दाबी छ ।
बालबालिका, युवा, वयस्क तथा ज्येष्ठ नागरिक सबैका लागि उपयुक्त खाद्य परिकारका रूपमा सफल दही लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।
यस वर्षको अभियान अन्तर्गत सामाजिक सञ्जाल प्रचारप्रसार, मोडर्न ट्रेड आउटलेट ब्रान्डिङ तथा विभिन्न उपभोक्ता–केन्द्रित गतिविधिहरूमार्फत सफल दहीको गुणस्तर र स्वास्थ्य लाभबारे जानकारी प्रदान गरिनेछ । साथै युवापुस्ता, परिवार तथा स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गर्दै सिर्जनात्मक भिडियो तथा रेसिपी कन्टेन्ट पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार “सफल दही एकदम सही” अभियान केवल उत्पादन प्रवर्द्धनमा सीमित नभई स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने प्रयास समेत हो । उपभोक्ताको विश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो