पोखराको सेती नदी खोँचमा हामफालेका एक युवकको शव फेला परेको छ ।
पोखरा–१७ महतगौंडास्थित सेती खोँचमा हाम फालेर बेपत्ता भएका भारत, सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले निकालेको हो ।
महतो आइतबार बेलुका सेती खोँचमा हाम फालेर बेपत्ता भएका थिए। राती पौने १० बजे सेती खोँचमा हाम फालेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, २४ नम्बर कालिका गणका सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वको १८ जनाको उद्धार टोलीले खोजी थालेको थियो ।
राती अबेरसम्म पनि महतोको शव नभेटिएपछि टोली फर्किएको थियो। बिहान सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पुनः खोजी गर्ने कार्य जारी राखेको थियो ।
सो क्रममा बिहान पौने १० बजेको समयमा शव फेला पारेको गणले पठाएको प्रेस नोटमा उल्लेख छ। सेतीको करिब २५० फिट गहिरो खोँचमा फेला परेको शवलाई रोप रेस्क्यू विधिको प्रयोग गरेर बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ।
मृतक महतोको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल