स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

Subsidy on electricity costs in the lifting drinking water project

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत् महसुल वापत ४८ लाख ५७ हजार ६५२ रुपैयाँ अनुदान वितरण गरेको छ ।

स्याङ्जा र कास्की जिल्लाका खानेपानी योजना हेर्दै आएको कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाका लागि १०६ वटा आयोजनालाई उक्त अनुदान उपलब्ध गराएको जनाएको छ ।

कार्यालयका अनुसार स्याङ्जाका ७४ वटा योजनाले २६ लाख ५६ हजार १७ रुपैयाँ प्राप्त गरेका छन् भने कास्कीका ३२ आयोजनालाई २२ लाख एक हजार ६३५ रुपैयाँ अनुदान दिइएको छ ।

प्रदेश सरकारले लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत् महसुलमा सहुलियत दिने नीति लागू गरेपछि आर्थिक वर्ष २०८२/८३ मा उक्त रकम वितरण गरिएको हो ।

कार्यालय प्रमुख किरण पौडेलले नागरिकलाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले विद्युत् महसुलमा अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार मासिक २५ हजार रुपैयाँसम्म विद्युत् खपत गर्ने योजनाले शतप्रतिशत अनुदान पाएका छन् । यस्तै २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म महसुल आउने योजनालाई ८० प्रतिशत, ३५ हजारदेखि ५० हजारसम्म विद्युत् खर्च हुने योजनालाई ६० प्रतिशत तथा ५० हजारदेखि ८० हजार रुपैयाँसम्म खपत गर्ने आयोजनालाई ३० प्रतिशत अनुदान उपलब्ध गराइएको छ ।

त्यस्तै मासिक ८० हजार रुपैयाँभन्दा बढी विद्युत् महसुल तिर्ने योजनाले १० प्रतिशत अनुदान पाएका छन् ।

अनुदानका लागि आवेदन दिएका योजनामध्ये मापदण्ड पूरा गरेका आयोजना छनोट गरी रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds