देशव्यापी संगठन विस्तारको कार्यक्रम अन्तरगत विवेकशील साझा पार्टीले पोखरामा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम गरेको छ । शुक्रबार पोखरामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका सबै प्रमुख नेताहरुको उपस्थिती रह्यो ।
संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा पार्टीको सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापासँगै केन्द्रीय नेताहरु डा. सूर्यराज आचार्य, केशव दाहाल, रञ्जु दर्शना लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा विवेकशील साझा पार्टीमा आस्था राख्ने गण्डकी प्रदेशका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राखेका थिए । उनीहरुले नेपालमा वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको र त्यको परिपूर्ती विवेकशील साझाले गर्न सक्ने विचार राखेका थिए ।

त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशिल साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राखेका थिए । अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्दै विवेकशील साझा पार्टी अब नेपालको वैकल्पिक पार्टी भसकेको ठोकुवा गरे ।
युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोलिन् । उनले युवापुस्ताबाट मात्रै परिवर्तन सम्भव भएको बताउँदै राजनीतिमा युवा पुस्ताको प्रवेशले विशेष अर्थ राख्ने बताईन् ।

प्रदेशस्तरिय कार्यक्रमको व्यवस्थापनको जिम्मा विवेकशील साझाको जिल्ला कमिटिले गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशभित्र पर्ने विभिन्न जिल्लाबाट १ सय जना उत्प्रेरकहरु सहभागी भएको जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए ।
विश्वराज पौडेलले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा उपस्थित उत्प्रेरकहरुलाई चिरञ्जिवी अधिकारीले स्वागत गरेका थिए भने निर्देश सिलवालले धन्यबाद ज्ञापन गरेका थिए ।
विवेकशील साझा पार्टीका अनुसार शनिबार पार्टीको प्रदेश सँयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ । उसले यो कार्यक्रम गैह«ापाटनस्थित उद्योग वाणिज्य संघको हलमा गर्ने जनाएको छ । गण्डकी प्रदेश सँयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ । प्रदेश सँयोजकको घोषणालाई लिएर विभिन्न चासो र जिज्ञासाहरु आउन थालेको जिल्ला सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार