शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच

स्वास्थ्य शिविर

शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच

url camp (2)

पोखरा । युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ ।

युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधि सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच गरिएको छ ।

कार्यक्रममा मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचमा विशेष छुटको व्यवस्था गरिएको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा प्रकाश भट्टराईले मधुमेह, थाइराइड जस्ता रोगहरु लाग्नुका कारण र निदानका उपायहरुबारे प्रकाश पारेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विभा महतोले पनि सहभागीहरुलाई विविध रोगबारे प्रकाश पारे । शुक्रबार रगत जाँच गराएकाहरुलाई परामर्शसहित मंगलबार र बुधबार रिपोर्ट वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व वहन युआरएलको मुख्य परिचय भएको बताए । उनले भने, “हामीले सेवा र सामाजिक दायित्वलाई सँगसँगै लगेका छौँ । राजधानी बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएल गुणस्तरीय सेवा सबै गण्डकी प्रदेशबासीमा पुर्‍याउने लक्ष्यमा छ ।”

युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो २ सय २५ औं शिविर हो । पोखरा महानगरको स्वास्थ्य महाशाखासँग सहकार्य गरी पोखराका पाँच स्थानमा शिविर आयोजना गर्ने तयारी भएको युआरएलका सञ्चालक मणि न्यौपानेले बताए ।

कार्यक्रममा शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले सहज र सुलभ स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक कार्यान्वयन गर्न राज्यसँगै निजी क्षेत्रको यस खालका प्रयास जरुरी हुने विचार राखे । आइएसओ प्रमाणपत्र प्राप्त युआरएलले अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds