रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन

नयाँ नेतृत्व

रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन

yogendra kc

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको पदाधिकारी चयन गरिएको छ । रास्वपा पोखरा महानगर समितिको सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।

शनिबार पाेखरामा भएको पहिलो अधिवेशनले केसीको नेतृत्वमा समिति चयन गरेको हो । समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् ।

त्यस्तै सचिवमा कमल बानियाँ चयन भएका छन् भने सरिता शर्मा सहसचिव पदमा निर्वाचित भएकी छन् । २५ सदस्यीय महानगर समिति गठन भएको अध्यक्ष केसीले बताए ।

उनका अनुसार प्रदेश अधिवेसन प्रतिनिधि र महाधिवेसन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गनेश पौडेलले गर्दै पार्टीले जनताको हकहितमा काम गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds