बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

मृत्यु

बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

begnaass

पोखरा । बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

सिन्धुली घर भई हाल पोखरा–१८, सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २२–२३ वर्षका कान्छा मगरको डुबेर मृत्यु भएको हो ।

बेगनास तालको रेस्क्यु टावरनजिकै पौडी खेल्ने क्रममा दिउँसो डुबेर बेपत्ता भएका थिए । युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणको हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा गोताखोरसहितको ११ जनाको टोली खटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो करिब साढे ४ बजेतिर घटनास्थल पुगेको उद्धार टोलीले तत्कालै खोजी कार्य सुरु गरी सवा ५ बजे तालको करिब २० फिट गहिराइबाट ती युवकलाई बाहिर निकालेको जनाएको छ ।

तालबाट बाहिर निकालिएका मगरलाई साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds