पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेशसभामा प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु आवमा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरिएकामा आगामी आवको बजेट करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो ।
कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात ३८.५६ प्रतिशत, पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात ०.७६ प्रतिशत रकम विनियोजन गरिएको छ ।
यसैगरी, आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट. १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान सरकारको छ ।
गण्डकी प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने तथा चालु आवका कार्यक्रम कार्यान्वयनपछि २ अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ ।
सरकारले दिगो र गुणस्तरीय पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको प्रवर्द्धन, आर्थिक क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण र राजस्व क्षेत्रको व्यवस्थापन, कृषि क्षेत्रको व्यावसायिकरण, यान्त्रिकीकरण र बजारीकरणलाई सरकारले बजेटका प्राथमिकतामा राखेको छ । यसैगरी, डिजिटल शासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन प्रवद्र्धन, मानव संशाधन विकास र रोजगारी सिर्जना, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, जनस्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारले पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधारमा जोड दिएको छ । स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ३१ करोड रुपैयाँ, भौतिक पूर्वाधार विकासका लागि ११ अर्ब ६६ करोड रुपैयाँ छुट्याइएको छ भने ऊर्जा तथा जलस्रोत क्षेत्रमा ४ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
गण्डकी सरकारको बजेट ३३ अर्ब, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
यो पनि पढौँ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
पोखरा-दुबई उडान अनुमति पायो फ्लाई दुबईले
कार्यालय समयमा फेसबुक चलाउन कर्मचारीलाई निषेध