पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु

दुर्घटना

पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु

dandako nak

पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पोखरा–२७ डाँडाकोनाक अगाडि दुर्घटना भएको हो । दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई खत्रीले चलाएका थिए । दुर्घटना बिहान करिब ११ः२५ बजे भएको थियो ।

टिपरको ठक्करबाट खत्री गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय डाँडाकोनाकले टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ साखरका ३३ वर्षीय पदमबहादुर थापा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ