खेतीपातीलाई आधुनिक बनाउने अभियानअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । यसबाट उत्पादन लागत घट्नुका साथै व्यवसायिक खेती विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ मा यान्त्रिकीकरण कार्यक्रममार्फत ५२ वटा हाते ट्याक्टर, ३२ वटा डिजेल इन्जिन, २० वटा पेट्रोल इन्जिन तथा १८ वटा कम्बाइन्ड मिल कृषकलाई हस्तान्तरण गरेको हो ।
अनुदानपछि कृषकले पेट्रोल इन्जिनसहितको हाते ट्याक्टर १९ हजार ५ सय रुपैयाँ, डिजेल इन्जिनसहितको हाते ट्याक्टर २६ हजार रुपैयाँ तथा कम्बाइन्ड मिल २० हजार रुपैयाँमा प्राप्त गरेका छन् ।
कृषि उत्पादन बढाउने र व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले मागका आधारमा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए । आर्थिक वर्ष २०८२/८३ का लागि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
औजार वितरण कार्यक्रममा नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले किसानलाई प्राप्त सामग्रीको प्रभावकारी उपयोग गर्न आग्रह गर्दै आवश्यक पर्दा छिमेकी कृषकलाई समेत प्रयोगका लागि सहयोग गर्न सुझाव दिए । उनले वडाबाट संकलित माग र निवेदनका आधारमा औजार वितरण गरिएको बताए ।
भीरकोटमा पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा नयाँ अभ्यासहरू बढ्दै गएका छन् । व्यवसायिक तरभुजा खेतीको परीक्षण सफल भएको नगरपालिकाले जनाएको छ भने अकबरे खुर्सानी खेती पनि विस्तारको क्रममा छ ।
नगरपालिकाले तरकारी, दूध तथा मासु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय तहको यो पहलले कृषि पेशालाई थप आकर्षक र उत्पादनमुखी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो