नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङमा समता स्कुल सञ्चालनमा आएको छ । मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं ३ स्थित चामेमा सबैको लागी शिक्षा भन्ने मुल मत्रका साथ मनाङमा पनि समता फाउन्डेसनले समता स्कुल स्थापना गरि सञ्चालनमा ल्याएको हो ।

गत बैशाख १ गतेबाट समता स्कुल सञ्चालन गरिएको उक्त स्कुलका प्रधानाध्यापक धनमान बि.कले बताए । हाल उक्त स्कुलमा प्ले ग्र्रूप बाट नर्सरी सम्मको पढाई गरिएको र आगामी दिनहरुमा यसलाई बढाउने यस स्कुल सञ्चालन समितीले बताएको बि.कले जानाकारी दिए ।
हाल मनाङको सदरमुकाम चामेमा ४ वटा कोठा भाडामा लिई २ जना शिक्षक र एक सहायक शिक्षक सहित समता स्कुल सञ्चालन गरिएको छ । उक्त स्कुलले हाल सहयोग स्वरुप १५० रुपैयाँ भर्ना फि र मासिक १०० रुपैयाँ लिने गरि सञ्चालन गरेको छ । सो स्कुलमा हाल ८ जना बिद्यार्थी संख्या रहेको छ ।
बिद्यार्थी र अभिभावकको आकर्षण भएकोले बिस्तारै बिद्यार्थी संख्या बढने बिद्यालयका प्र.अ धनमान बि.कले बताए । बिशेष गरि गरिबीका कारण पढन नपाएका बिद्यार्थीहरुको लागी नेपालको ७७ वटै जिल्लाहरुमा समता फाउन्डेसनले सञ्चालनमा ल्याएको हो ।
मासिक १०० रुपैयाँमा बोर्डिङ स्कुलको तुलनामा अग्रेजी पढाई गरिने गरि यस समता स्कुल स्थापना गरिएको र उच्च शिक्षामा पनि १०० रुपैयाँमा नै पढन सकिने व्यवस्थ रहेको समता फाउन्डेसनका संस्थापक उत्तम संजेलले बताए । हाल सम्म नेपालभर करिब पचास हजार बिद्यार्थीहरुले अध्ययन गरिरहेका फाउन्डेसनका संस्थापक उत्तम संजेलले बताए ।

यस समता फाउन्डेसनद्धारा सञ्चालित समता स्कुल सञ्चालनमा कलाकार हरिबशं आर्चाय र मदन कृष्ण श्रेष्ठको महत्वपुर्ण साथ र सहयोग रहेको कारण पनि यस समता स्कुल सञ्चालनमा सहयोग रहेको संजेलले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह