तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बिक्री विरतणको लागि ठुलो परिमाणमा विष्फोटक पदार्थ मगाउने महिला पक्राउलाई पक्राउ गरेको छ । तनहुँ प्रहरीले आबुँखेरेनी गाँउपालिका-२ बिचबजार वस्ने वर्ष ४२ की चिज कुमारी रिजाललाई पक्राउ गरेको हो ।
असोज २९ गते तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी बजारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङ बाट आँबुखैरेनी तर्फआउँदै गरेको डिएल ४ सियस ३२२५ नं.को भारतीय नं. प्लेट भएको कारमा सुमित कुमार सिंहले ल्याउदै गरेको अवैध आतिसबाजी पटकाहरु प्रहरीले बरामद गरेको थियो ।
उक्त पटकासहित पक्राउ परेका सिंहलाई अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको अवस्थामा उक्त अवैध आतिसवाजी पटकाहरु मगाउने चिज कुमारी रिजाललाई शुक्रबार पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
नजिकिदै गरेको दिपावली पर्वलाई लक्षित गरी बिक्री वितरण गर्ने उद्देश्यले भारतको रक्सौलबाट भारतिय रुपैया १० हजार बराबरको अवैध आतिसवाजी पटकाहरु मगाएको भन्ने अनुसन्धानबाट खुल्न आएपछि रिजाललाई सम्बन्धित घर ठेगानाबाट पक्राउ गरी विष्फोटक पदार्थ ऐन अर्न्तर्गत मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्