पोखरा । गण्डकी प्रदेश र मधेश प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबीच बुधबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो ।
अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका मधेश प्रदेश प्रमुख कर्ण र धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरेका थिए । भेटमा दुई प्रदेशबीचसम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखद्वयबीच प्रदेशमा भएका राम्रा कामहरूको अनुसरण गर्ने, अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको थियो ।

प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र भएगरेका गतिविधिबारे अनुभव साझा गरेका थिए । प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा उनीहरूको जोड थियो ।
गण्डकी प्रदेश प्रमुख भट्टले कानुनतः सरकारका प्रतिनिधिका रूपमा आ–आफ्ना प्रदेशमा जिम्मेवारी वहन गरिरहेकाले संघ सरकार र प्रदेश सरकारसँगको समन्वयकर्ताका रूपमा आफूहरू रहेको बताए । मधेश प्रदेश प्रमुख कर्णले राष्ट्रिय एकताको अभियानकै रुपमा आफू सातै प्रदेशको भ्रमणमा रहेको जानकारी दिए ।

स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मधेश प्रदेश प्रमुख कर्णले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गरे । दुई प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्य अंकित मायाको चिनो आदानप्रदान गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित