पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) मा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलन (मक प्रेस कन्फ्रेन्स) अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्।
कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा दुईवटा सेक्सनका ६९ विद्यार्थीले छ समूहमा विभाजन भएर विभिन्न समसामयिक विषयमा पत्रकार सम्मेलनको अभ्यास प्रस्तुत गरेका हुन्।
विद्यार्थीहरूले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको तथा पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला सञ्चालन गरेको विषयलाई आधार बनाएर पत्रकार सम्मेलनको अभ्यास गरेका थिए।
यस्तै, पसल डट कमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनद्वारा विद्युतीय सवारीसाधन आयातसम्बन्धी विवाद तथा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको विषयलाई पनि विभिन्न भूमिकामा प्रस्तुत गर्दै विद्यार्थीहरूले पत्रकार सम्मेलन सञ्चालन, सञ्चार व्यवस्थापन र सञ्चारमाध्यमसँगको अन्तर्क्रियाको अभ्यास गरेका थिए।
बीबीएको अन्तिम सेमेस्टरमा अध्ययन हुने ‘मिडिया र जनसम्पर्क’ विषयअन्तर्गत आयोजित यस कार्यक्रमले विद्यार्थीहरूलाई सञ्चारमाध्यमसँग प्रभावकारी रूपमा समन्वय गर्ने, पत्रकार सम्मेलन सञ्चालन गर्ने तथा जनसम्पर्कसम्बन्धी व्यवहारिक सीप विकास गर्न सहयोग पुगेको कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले बताइन्।
सम्बन्धित खबर
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै