पोखरा । नेपाल परिवार नियोजन संघ कास्की सभापतिमा नवीन सिग्देल दोहोरिएका छन् । शनिबार संघको ४५ औं वार्षिक शाखा सभाले पुनः सिग्देललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।
आदर्श समाजका पूर्व कार्यकारी सम्पादक सिग्देल हाल नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । उनी हाल कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता हुन् ।
संघ कोषाध्यक्षमा विष्णुप्रसाद दाहाल ‘आभाष’, महिला सदस्य डा. लक्ष्मी पौडेल र विशेष सदस्यमा कमल कार्की सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले जानकारी दिए ।
नवनिर्वाचित सभापति सिग्देलले पुनः जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै शाखाको सेवाप्रवाह अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता जनाए । उनले परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा लैंगिक समानताका क्षेत्रमा समुदायसँग समन्वय गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गरी शाखालाई जीवन्त राख्ने बताए ।
त्यसअघि, वार्षिक सभा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवाको विस्तारमा नेपाल परिवार नियोजन संघले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए । उनले समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा युवामैत्री स्वास्थ्य सेवाको पहुँच विस्तारमा स्थानीय सरकार र संघबीच सहकार्यलाई अझ प्रभावकारी बनाएर अघि बढ्ने बताए ।
कार्यक्रममा परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव अर्जुन सिग्देल, पूर्व केन्द्रीय सदस्य किशोरदत्त बराल, आजीवन सदस्य चन्द्रकृष्ण कर्मचार्य, सम्झना थापा, शंकर ज्ञवालीले शाखाले गरेका कार्यहरु उत्कृष्ट रहेको बताए ।
सो अवसरमा शाखा लामो समय काम गरेका क्लीनिक सहायक सुरज चौधरीलाई सम्मान गरिएको थियो । शाखाका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले आर्थिक वर्षभर सञ्चालित कार्यक्रम, संस्थागत गतिविधि, वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विशेषज्ञ सदस्य वीरेन्द्र बास्तोलाले स्वागत र कोषाध्यक्ष विष्णुप्रसाद दाहाल ‘आभाष’ ले सञ्चालन गरे ।
सम्बन्धित खबर
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन अभ्यास
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन