श्यामशितल परियार,लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दोश्रो खत्रीठाँटी खुला रनिङ शिल्ड फुटवल प्रतियोगिता सुरु भएको छ ।स्थानीय जनशक्ति युवा क्लवको आयोजनामा मंगलबारबाट फुटवल प्रतियोगिता सुरु भएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उनले मानव स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण रहेको उल्लेख गरे । गाउँगाउँमा फुटवल प्रतियोगिता हुनु आफैँमा गर्वको कुरा रहेको उनले बताए ।
आयोजक क्लवका अध्यक्ष नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा ३० फुटवल समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । द्धितीय हुनेले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ ।
सर्वाधिक गोलकताका साथै उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । लुकेर बसेका खेलप्रतिभालाई उपाजगर गर्नुका साथै युवालाई रचनात्मक काममा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।
सरोकारवालहरुले स्थानीय जनशक्ति युवा क्लवले खेलकुदका साथै समाजमा रहेका विकृति– विसंगति न्युनिकरणमा काम गर्दै आएकोमा खुशी व्यक्त गरेका छन् ।
समाजमा परिवतर्न आउने खालका सकारात्मक काम गर्न क्लव अबका दिनमा पनि लागिपर्नु जरुरी रहेको उनीहरुले बताएका छन् । प्रतियोगितात्मक खेल भने बुधबार बिहानबाट सुरु हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जामा गस्ती गएका प्रहरीमाथी कुटपिट, चौकी इन्चार्जलाई कुट्ने दुई युवा पक्राउ
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग