पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु

दुर्घटना

पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु

palikhechowk 1

पोखरा । कास्कीको पोखरा महानगरपालिका-४ पालिखेचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान करिब २ः३५ बजे ग १६ प २४१४ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएकोमा बिहान ३ः०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।

मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल पोखरा–२ मोहरिया टोल बस्ने २२ वर्षीय राहुल सुनार प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ