पोखरा महानगरपालिका-१० उत्तमचोकस्थित जेब्राक्रसिङमा पर्यटक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार दिउँसो करिब २ः५० बजे पृथ्वीचोकबाट जाँदै गरेको गण्डकी प्रदेश ०१-००१ प ००३० नम्बरको पर्यटक बसले जेब्राक्रसबाट सडक पार गरिरहेका स्याङ्जा घर भई हाल पोखरा-१० बस्दै आएका राम (राजु) थापालाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा गहिरो चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि ग्यालेक्सी अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा दिउँसो ३ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न बस चालक स्याङ्जाको भिरकोट नगरपालिका-३ निवासी ३७ वर्षीय दिनेश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ नायव निरीक्षक यामनाथ पनेरूले जानकारी दिए।
यसअघि बुधबार राति पनि पोखरा महानगरपालिका-१५ ढुंगेसाँघुमा ग १ ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा-१५ टुटुङ्गाका १९ वर्षीय सौगात भन्ने लोकबहादुर गुरुङको मृत्यु भएको थियो।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन