लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण

वृक्षारोपण

लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण

brichhyaropan (1)

पोखरा । लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरले पोखरा महानगरपालिका–२५ स्थित तिब्रेकोट मणिधाम मन्दिर परिसर तथा आसपास क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

खयर, पिपल, बकाइनो, अमला, पारिजात, धुपी, आँप, एभोकाडो, लप्सी लगायतका विभिन्न प्रजातिका करिब २०० बिरुवा रोपिएको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष प्रदीप खनालको अध्यक्षतामा भएको  कार्यक्रमको संयोजन अमृत भण्डारीले गरेका थिए। कार्यक्रममा पोखरा महानगरपालिका–२५ का वडा सदस्य कृष्णबहादुर कुँवर तथा तिब्रेकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विशालजङ्ग कुँवर अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासी गरी करिब ३० जनाको सहभागिता रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ