स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुनेभन्दा खारेज हुनेको संख्या बढी देखिएको छ । एक वर्षको अवधिमा २९१ नयाँ उद्योग तथा फर्म दर्ता हुँदा ३३४ वटा खारेज भएका छन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी २९१ नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ गरी ३३४ उद्योग तथा फर्म खारेज भएका छन् ।
कार्यालयका अनुसार नयाँ दर्ताको तुलनामा ४३ वटा बढी उद्योग तथा फर्म खारेजीमा परेका छन् ।
नयाँ दर्ता भएका उद्योग तथा व्यवसायबाट जिल्लामा ३६ करोड ४० लाख रुपैयाँ बराबरको नयाँ लगानी थपिएको कार्यालयले जनाएको छ । उद्योगतर्फ करिब २२ करोड २० लाख रुपैयाँ र वाणिज्य क्षेत्रतर्फ १४ करोड २० लाख रुपैयाँ नयाँ लगानी भएको पौडेलले जानकारी दिए ।
तर, ३३४ उद्योग तथा फर्म खारेज हुँदा ठूलो परिमाणको लगानी पनि व्यवसायबाट बाहिरिएको देखिन्छ । खारेजीमा परेका उद्योगतर्फ २५ करोड ३५ लाख रुपैयाँ र वाणिज्यतर्फ १६ करोड ५० लाख रुपैयाँ लगानी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाममा रहेको पनि पौडेलले बताए । उद्योग दर्ता गर्दा लाग्ने दस्तुरमा महिलालाई ५० प्रतिशत छुटको व्यवस्था भएपछि महिला नेतृत्वमा उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ ।
नयाँ दर्ता हुने उद्योगमा कृषि, उत्पादनमूलक उद्योग, सप्लायर्स तथा पर्यटनसँग सम्बन्धित व्यवसाय बढी रहेका छन् ।
पौडेलका अनुसार नयाँ उद्योगको तुलनामा खारेज हुनेको संख्या बढ्नुमा वैदेशिक रोजगारीका लागि युवायुवती विदेशिनु प्रमुख कारणमध्ये एक हो । रोजगारीको खोजीमा युवा पुस्ता विदेशिएपछि घरपरिवारका सदस्यले समेत सञ्चालन गर्दै आएका पेशा र व्यवसाय छोड्ने क्रम बढ्दा उद्योग तथा फर्म खारेजीमा परेको उनले बताए ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ एक हजार २१ गरी एक हजार ९९७ उद्योग, व्यावसायिक फर्म तथा पसल नवीकरण भएका छन् । ती उद्योग तथा व्यवसायको नवीकरणबाट करिब ६० लाख रुपैयाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान
यो पनि पढौँ
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए