खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्क तीव्र रुपमा विस्तार गरिदैँ छ । पोखरा–३१, पचभैया स्थित निर्माणाधिन उक्त पार्कमा छुट्टै केज बनाई जनावर छाड्ने क्रम सुरु भएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा गत भदौमा निर्माण गरिएको मृगस्थलीमा ३ रतुवा मृग छोडिएको थियो । हाल पार्कमा मृग रतुवा ८, अजिंगर १, निलगाई १, बाँदर १, हुचिल ६, गिद्ध २, चिल ३, बनविरालो २, जरायो १, खरायो १५, लाटोकोसेरो २, कछुवा १ छन् ।
सामूदायिक स्तरबाट गरिएको सानो प्रयासमा स्थानीय निकायसँग हातेमालो गर्दै बृहत्तर गुरुयोजना कार्यान्वयन भइसकेपछि वन्यजन्तु बासस्थान एवं पुर्नस्थापना केन्द्र गण्डकी प्रदेशकै नमूनाको रुपमा पार्क निर्माण गरिने समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७५/०७६ का लागि पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बुद्धिसागर पौडेलका अनुसार पार्कलाई थप व्यवस्थित बनाई वृहत्तर विकासका लागि प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
१ करोड ५० लाख डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र १ करोड ५० लाख रुपैयाँ वन्यजन्तु उद्धार संरक्षण केन्द्र स्थापनाका लागि छुट्टाइएको हो ।

चिडियाखाना सहित वन्यजन्तु पुर्नस्थापना केन्द्र विश्वव्यापी रुपमा नयाँ प्रयोगमा आइरहेको हुँदा प्रदेश सरकारले प्राथमिकतामा यस योजनालाई राखेको बताइएको छ ।
पार्क निर्माणका लागि पोखरा युनाईटेड क्लबले वर्षेनी आयोजना गर्दै आईरहेको पोखरा महोत्सवबाट आम्दानी हुने रकमको केही प्रतिशत सहयोग हस्तान्तरण गर्दै आईरहेको छ ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो