पोखरा-५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व र सङ्कटको समयमा समुदायलाई सहयोग गर्ने प्रतिबद्धता स्वरूप उक्त रकम प्रदान गरेको हो।
देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित परिवार र व्यक्तिहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको विद्यालयका प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिए ।
राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन शैक्षिक संस्था, संघ-संस्था र व्यक्तिगत स्तरबाट हुने सामूहिक प्रयासले महत्वपूर्ण भूमिका खेल्ने धारणा डा. पराजुलीले व्यक्त गरे ।
विद्यालयले विपद्बाट प्रभावितहरूप्रति सहानुभूति प्रकट गर्दै बेपत्ता तथा प्रभावित नागरिकहरूको शीघ्र उद्धार र पुनर्स्थापनाको कामना गरेको छ। साथै, आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय कार्यहरूमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता शान्ति निकेतन स्कूलले व्यक्त गरेको छ।
सम्बन्धित खबर
कालीगण्डकी नदीमा पुरुषको शव फेला
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन