सुजल डेरीको ‘सफल कुइजिन लाइन’ प्रभावकारी

प्रवर्द्धनात्मक सामाग्रीः

सुजल डेरीको ‘सफल कुइजिन लाइन’ प्रभावकारी

'सफलमै छ असली स्वाद'

Safal Cuisine Line Must Head (1)

पोखरा । नेपालको दुग्ध उद्योगमा सशक्त रूप्मा स्थापित सुजल डेरीले आफ्नो लोकप्रिय ब्रान्ड ‘सफल’ अन्तर्गत ‘सफल कुइजिन लाइन’ लाई प्रभावकारी रूपमा अगाडि बढाएको छ ।

कम्पनीले ‘सफलमै छ असली स्वाद’ भन्ने अभियानका साथ उपभोक्ताको दैनिक खानपान र विशेष परिकारलाई अझ स्वादिष्ट बनाउन यो नयाँ पोर्टफोलियो सशक्त बनाएको हो ।

गुणस्तरीय दुग्धजन्य सामग्रीहरूलाई एकै समूहमा उपलब्ध गराउँदै सामग्रीको छनोट र प्रयोगलाई सहज बनाउने कम्पनीको उद्देश्य छ । सफल कुइजिन लाइन अन्तर्गत अहिले विभिन्न स्वादका परिकार बनाउन उपयोगी फ्रेस पनीर, डेरी घ्यू, बटर, नौनी र क्रिम उपलब्ध छन् ।

यी उत्पादनहरूको प्रयोगबाट घरमै सेलरोटी जस्ता परम्परागत नेपाली परिकारदेखि पनीर बटर मसाला जस्ता विशेष परिकार बनाउन सकिनेछ । घरको खानादेखि रेस्टुरेन्ट तथा व्यावसायिक किचेनसम्म विभिन्न परिकार तयार गर्न यी उत्पादन उपयोगी हुने कम्पनीले जनाएको छ ।

गुणस्तरीय दूधबाट उत्पादन गरिएका यी सामग्रीले परिकारको स्वाद, बनावट र समग्र पाक अनुभवलाई थप उत्कृष्ट बनाउने विश्वास कम्पनीले लिएको छ । ‘सफल कुइजिन लाइनका उत्पादनले खाना पकाउने अनुभवलाई थप सहज र स्वादिष्ट बनाउन सहयोग गर्नेछन्,’ कम्पनीको मार्केटिङ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुजल डेरीले उत्पादनको गुणस्तर सुनिश्चित गर्न आइएसओ २२०००:२०१८ प्रमाणपत्र समेत प्राप्त गरेको छ । यसले कम्पनीको गुणस्तरप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको दाबी विज्ञप्तिमा गरिएको छ ।

‘सफल कुइजिन लाइनका उत्पादनहरूको प्रयोग गरी आफ्नो खाना खाने अनुभवलाई अझ स्वादिष्ट र स्वस्थ बनाउन सकिनेछ,’ कम्पनीले भनेको छ । अहिले यी उत्पादनहरू देशभरका सुपरमार्केट, मार्ट र नजिकैका पसलहरूमा सहजै उपलब्ध रहेका छन् ।

सुजल डेरीले आफ्नो उत्पादनको पोर्टफोलियोलाई थप विस्तार गर्दै नेपाली उपभोक्ताको विश्वास र स्वादको पहिचानलाई अझ मजबुत बनाउने योजना अघि सारेको छ । सामग्रीको शुद्धता र परिकारमा ल्याउने असली स्वादले नै सफल ब्रान्डलाई बजारमा फरक पहिचान दिएको कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ