दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ।
निरन्तरको वर्षासँगै आएको ठुलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो।
पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बगिसकेको छ भने बस्तीसमेत जोखिममा परेको छ।
हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन्।
जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय र उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बोहराले बताएका छन्।
‘घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी पुगेका छन्,’ बोहराले भने, ‘थप क्षति हुन नदिन तथा उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।’
अध्यक्ष बोहराका अनुसार यही स्थानमा तीन–चार वर्षअघि पनि पहिरो गएको थियो। तर यसपटकको पहिरो विगतको भन्दा निकै ठूलो रहेको स्थानीयले बताएका छन्। वर्षा जारी रहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित खबर
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने: शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला