पोखरा, २२ भदौ । जोर्ज जोन प्रतिष्ठानले शिक्षासेवी असल गुरु जोर्ज जोनको ९५ औं जन्मदिन अवसरमा पोखरा वृद्धाश्रममा भोजनदान गरेको छ । सोमबार पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रमका करिब ४५ जना ज्येष्ठ नागरिकलाई भोजनदान गरेको हो ।
प्रतिष्ठान अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष राधिका शाही, निवर्तमान अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन प्रतिष्ठानका सचिव अर्जुन अधिकारीले गरेका थिए । सो अवसरमा संस्थापक अध्यक्ष प्रकाशमान गुभाजु, गण्डकी प्रदेशसभाका पूर्व सदस्यसमेत रहेका प्रतिष्ठान सल्लाहकार राजीव पहारी, सल्लाहकारहरु डम्बरबहादुर श्रेष्ठ, खड्गबहादुर रानाभाट, रामगोपाल ढेवाजु, प्रतिष्ठान उपाध्यक्ष डा. नगेन्द्र भण्डारी, सहसचिव ध्रुवा श्रेष्ठ, कोषाध्यक्ष डा. विजय थापा, सदस्य डा. थानेश्वर सुवेदी, अरुणा शेरचन, पूर्व सदस्य दीपेन्द्र पहारी लगायतको सहभागिता थियो ।
भारतको केरलाबाट आएका जोर्ज जोनकै पहलमा २०१७ भदौ १७ गते पृथ्वीनारायण क्याम्पस खुलेको थियो । उनी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुन् । लामो समयसम्म प्राध्यापन गरेका उनी २०५३ सालमा सेवानिवृत्त भएका थिए । सोही बेला प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पसको अगुवाइमा जोर्ज जोनको सम्मानमा प्रतिष्ठान खुलेको हो । संस्थापक अध्यक्ष प्रकाशमान गुभाजु हुन् । त्यसयता महेन्द्रभूषण थापा, विष्णु पराजुली, डा. नागेन्द्र श्रीवास्तव, राधेश्याम कमारो र गेहेन्द्रेश्वर कोइलालाले नेतृत्व गरेका छन् । गत साउन २३ गते प्रतिष्ठानको ३० औं साधारण सभाले विनोद कायस्थको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा डा. नगेन्द्र भण्डारी, सचिव अर्जुन अधिकारी, सहसचिव ध्रुवा श्रेष्ठ, कोषाध्यक्ष डा. विजय थापा तथा सदस्यमा डा. थानेश्वर सुवेदी, अरुणा शेरचन, डा. माया लामा, धनबहादुर नेपाली, उपेन्द्र गिरी र भाविका ढेवाजु छन् । २०५३ सालमा स्थापना भएको प्रतिष्ठानमा संरक्षक, विशिष्ट, आजीवन, साधारण सदस्य गरी करिब २५० जना छन् ।

जोर्ज जोनकी पत्नी डा. एलियामा जोन हुन् । पिएनमा विज्ञान संकायमा लामो समयसम्म प्राध्यापनपछि उनी तत्कालीन अमरसिंह उच्च माविको प्राचार्य भएकी थिइन् ।
गण्डकी प्रदेशको समग्र उच्च शिक्षाको विकासमा जोन दम्पतीको अतुलनीय योगदान रहेको प्रतिष्ठान अध्यक्ष कायस्थले बताए । असल गुरु जोर्ज जोनलाई भेटेर तथा सामाजिक सञ्जालबाट समेत उनका शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु