हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट

उत्कृष्टता

हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट

अंग्रेजी वक्तृत्वकलामा सदिच्छा विक प्रथम

sadikshya

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको अंग्रेजी तथा नेपाली वक्तृत्वकला प्रतियोगितामा पोखरा पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रतियोगिताअन्तर्गत अंग्रेजी वक्तृत्वकलामा विद्यालयकी सदिच्छा विकले प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै, नेपाली वक्तृत्वकला प्रतियोगितामा विद्यालयकी दिक्ष्या पौडेलले तृतीय स्थान प्राप्त गरेकी छन्।

विद्यार्थीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, प्रस्तुतिकला तथा निरन्तर मेहनतमार्फत प्रतियोगितामा सफलता हासिल गरेको विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य किरण सापकोटाले दुवै विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा थप उँचो बनाउन सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ