पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ मा हिमश्री फुड्स प्रालि सहयोगीका रूपमा जोडिएको छ।
हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने प्रतिबद्धता जनाउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन्।
पोखरामा आयोजना हुने विभिन्न खेल प्रतियोगितामा हिमश्री फुड्सले सहयोग गर्दै आएको उल्लेख गर्दै निर्देशक केसीले पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय मिडिया कपलाई पनि प्रालिको साथ र सहयोग रहने बताए।
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिका अध्यक्ष सुरज श्रेष्ठले देशकै प्रतिष्ठित फुड कम्पनी हिमश्री फुड्सको सहयोगप्रति आभार व्यक्त गर्दै निर्देशक केसीलाई धन्यवाद दिए।
हिमश्री फुड्स प्रालि पोखरामा आयोजना हुने राष्ट्रियस्तरको आहा–रारा गोल्डकपको मुख्य प्रायोजकसमेत हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायसँगको सहकार्यमा आयोजना गर्न लागिएको हो।
प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार तथा प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
जसअनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिने आयोजकले जनाएको छ। अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन्।
प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम