चलचित्र ‘बुलबुल’ टीमले ‘खुद्राखाद्री’ बोलको गीत बिहिबार सार्वजनिक गरेको छ । ‘फ्लास मुब’ शैली अपनाएर युनिटले पोखरा सहित देशका विभिन्न ठाउँहरुमा गीतलाई सार्वजनिक गरिएको हो । आउँदो तिहारमा देउसीभैलोका लागि गीत उपयुक्त छ । त्यसैले पनि बुलुबुल युनिटले तिहारको छेकेमा गीत सार्वजनिक गरेको हो ।
लोकलयको ‘खुद्राखुद्री’ बोलको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौँ मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरियो ।
पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा पनि सोहि शैलीमा गीतको सार्वजनिक गरियो । गीतमा एसके डान्स स्कुलका ३० जना कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एक्कासी बजेको गीतमा उनिहरुले नृत्य प्रस्तुत गर्दा दर्शक अचम्मित परे । पोखरेली माग्ने बुढा युवराज भण्डारी र धुर्मुस राजेन्द्र नेपालीले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई हँसाए ।
नेपालका पाँच सहरमा एकसाथ विशेष कार्यक्रमका बिच भएको दिनको ४ बजे एकै समयमा ‘फ्लास मुब’ शैलीमा सार्वजनिक गरिएको चलचित्र निर्माता अबिरल थापाले जानकारी गराए । चलचित्रको गीतमा छरिएर बसेका डान्सरले अचानक नाचेको दृष्य हेर्न लायक थियो । सामान्य तरिकाले यात्रा गरिरहेकाहरु अचानक के भयो भनेर अचम्मित परेका थिए । फिल्मका मुख्य कलाकार काठमाण्डौ थिए भने निर्माता अविरल पोखरा आए ।
https://www.facebook.com/bulbulmovie/videos/554405448346064/
निर्माण पक्षले यो शैली सम्भवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमा नौलो भएको र यसको प्रयोगको चर्चाको विषय हुने विश्वास लिएको छ । बजारमा नाचे सँगै युटयुव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक गरिएको छ ।
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित छायांकन गरिएको गीतको कोरियोग्राफी विराज गहतराजले गरेका हुन् । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।
चलचित्रका निर्माता अविरल थापाले गीत छायांकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दाबी गरे । उनले प्रेमिल भावका रचिएको गीत सबैको मुखमुखमा झुण्डिने र बजारमा आफनो चलचित्रको गीतले तरंग ल्याउने र नयाँ रेकर्ड कायम गर्न सक्ने पनि बताए ।
सो गीतमा स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का हेर्न पाईन्छ । गीतलाई माया गरिदिन उनले सबैलाई आग्रह गरे । थापा आफैं पनि कार्यक्रममा नाचेका थिए ।
चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका हुन् ।
चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज डेट सार्वजनिक गरिसकेको छ । त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भइसक्नेछ ।
सम्बन्धित खबर
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
कास्कीलाई सडक मानवमुक्त जिल्ला मनाइने
गण्डकीमा खगराज सरकारलाई साथ दिन राप्रपा सकारात्मक
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग