सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

sadak-ko-nali-ma-bharuwa-banduk

स्याङ्जाको वालिङ नगरपालिका–११ ज्वाङखोलास्थित सडकको नालीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार मंगलबार बिहान वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी गस्ती टोलीले बन्दुक फेला पारेको हो ।

वालिङ–स्वरेक भित्री सडकखण्डअन्तर्गत नालीमा रहेको बेसाबुत एकनाले भरुवा बन्दुक एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ