मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश

राजनीति

मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश

राई माघमा अवकाश भएपछि कार्कीलाई अख्तियार प्रमुख बनाउने बालेन र उनको सचिवालयको रणनीति

mukhyasachib karki

काठमाडौं । निजामती कर्मचारीको अवकाश र सेवासुविधासम्बन्धी संघीय निजामती सेवा ऐन विधेयक अध्यादेशबाट जारी नहुने भएको छ ।

विधेयक संसदको आगामी हिउँदे नियमित अधिवेशनबाट पारित गर्ने तयारी छ । विधेयक दर्ता गरेकै दिन प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरिएपछि अध्यादेशबाट जारी गरिन लागेको धेरैको आशंका थियो । जसकै कारण सयौं कर्मचारीले राजीनामा दिएका थिए ।

अध्यादेश जारी हुँदा मुख्यसचिव गोविन्दबहादुर कार्कीको जागिरसमेत जाने भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले त्यसलाई रोकेका हुन् । अध्यादेशमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको व्यवस्था छ । जुन पहिला हुन्छ अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ । मुख्यसचिव कार्कीको उमेर ५५ वर्ष कटेकाले सरकारले तत्काललाई रोकेको हो ।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई आगामी माघमा अवकाश भएपछि मुख्यसचिव कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रधानमन्त्री शाह र उनको सचिवालयको रणनीति छ।

साँघुबाट ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ