भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको साविक लुभु गाविस–८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सन्दीप मिजार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार आइतबार वालिङ नगरपालिका–१० फूलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा मिजार पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १५५५ नम्बरको बस जाँच गरेको थियो । सोही क्रममा बसमा सवार मिजारको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मिजारको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २७ एम्पुल, फेनेरगन १५ एम्पुल र डाइजेपाम इन्जेक्सन १९ एम्पुल बरामद गरेको छ । साथै, एक थान वनप्लस मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिजारलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । उनलाई कात्तिक २२ गते नै स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक युवकबाट लागुऔषध बरामद
कोदो फल्ने बारीमा सयपत्री
स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !