श्यामशितल परियार,लमजुङ । लमजुङमा पहिलो पटक पालिकास्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ लमजुङको आयोजनामा आउँदो मंसिर दोश्रो साता भलिवल प्रतियोगिता हुन हुने भएको हो ।
प्रतियोगिता आउँदो मंसिर १४ देखि १६ गतेसम्म बेसीशहरको फुलबारी मञ्चमा सञ्चालन हुनेछ । बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी गराइएको हो । प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहका खेलाडीको सहभागिता रहनेछ ।
जिल्ला भलिवल संघ लमजुङका अध्यक्ष दिवाकर बरालले जिल्लामै पहिलो पटक सञ्चालन हुन लागेको पालिकास्तरिय भलिवल प्रतियोगिताले भलिवल खेलको विकास गर्न सहयोग पुग्ने उल्लेख गरेका छन । उनका अनुसार पछिल्लो समय भलिवल खेलमा युवाहरुको आकर्षण बढ्दो छ ।
प्रतियोगिताले लुकेर बसेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुर्याउने समेत उनले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् ।
सान्त्वना स्वरुप दुई खेल समूहलाई भने नगद १०/१० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो