नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङको शान्त्ति सुरक्षालाई मध्य नजर राख्दै जिल्लामा पुन: सशस्त्र प्रहरी राखिएको छ । गत असोज २१ गते बाट मनाङ जिल्लामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. मनाङ नं. ३२ गुल्मको स्थापना गरिएको हो ।

पहिले पनि सशस्त्र प्रहरी जिल्लाको सदरमुकाम चामेमा रहेको तर जनशक्तिको अभावका कारण जिल्लाबाट सशस्त्र प्रहरी विगठन भएको थियो । नेपाल सरकार सशस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटरको निर्देशन अनुरुप हरेक जिल्लामा सशस्त्र प्रहरी बल हुनै पर्ने नियम झारी भए पछि मनाङ जिल्लामा पनि सशस्त्र प्रहरी बल स्थापना गरिएको हो ।
हाल मनाङको चामे गाउँपालिका वडा नं.३ माडा स्थित भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, सम्पर्क ईकाई कार्यालय चामे मनाङको ६ रोपनी जग्गामा अस्थाई रुपमा गुल्म स्थापना गरिएको छ ।
अब हेडक्वाटरको निर्देशन अनुसार मनाङ जिल्लामा उपयुक्त जमिनको अवलोकन गरि सोहि ठाउँमा स्थाई रुपमा राखिने सशस्त्र प्रहरी निरिक्षक दिनेश पाठकले बताए । अर्को व्यवस्था नहुनजेल सम्म चामेकै हाल बसि रहेको स्थानमै बसी सेवा दिने पाठकले बताए ।
पाठकका अनुसार दशै तिहारमा विशेष सुरक्षा दिईएको र रातीको समय र दिनको समय मिलाएर विभिन्न ठाउँहरुमा टोली टोली मिलाएर गस्ती भैरहेको र जिल्लाको शान्त्ति सुरक्षालाई तिब्रता दिईएको पाठकले बताए । जिल्ला भित्र उपयुक्त स्थानमा जग्गा छनोट भए पछि जिल्ला भित्र जुनसुकै स्थानमा पनि गुल्म रहन सक्ने सशस्त्र प्रहरी निरिक्षक दिनेश पाठकले बताए
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो