पोखरा । आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको गण्डकी प्रदेशको चुनाबमा दुई प्यानल हुने पक्का भैसकेको छ । काँग्रेस निकट डेमोक्रेटिक र नेकपा निकट प्रोग्रेसिभ बिच प्रतिश्पर्धा हुने भएको छ । डेमोक्रेटिकबाट अध्यक्षमा ईन्जिनियर राजेश भट्टराईले उम्मेदवारी दिएका छन् भने आर्किटेक इञ्जिनियर बाबुराम भण्डारी प्रोग्रेसीभ समूहको अध्यक्ष छन् ।भट्टराई र भण्डारी दुवै जना इन्जिनियरिंग अध्ययन संस्थान,पस्चिमान्चल क्याम्पस लामाचौरमा अध्यापन पेशामा संलग्न छन् ।

उम्मेदवार मनोनयन पश्चात सामुहिक तस्बिर खिचाउँदै डेमोक्रेटिक समूहका पदाधिकारीहरु
डेमोक्रेटिक समूहको तर्फबाट उपाध्यक्षमा विनोद प्रसाद हेंज्यूले उम्मेदवारी दिएका छन् । सचिवमा सन्तोष जिसि, सहसचिवमा सन्तोषकुमार बराल र कोषाध्यक्षमा सरला श्रेष्ठको मनोनयन परेको छ ।
सदस्यहरुमा हरि प्रसाद अधिकारी, उदय राज ढुंगाना, सुरेन्द्र पौडेल, शंकर लामिछाने, दीपेन्द्र रावल, आनन्द सापकोटा, सुजन पण्डित, शंकर कंडेल, रमेश सुवेदी र सुश्मा बराल छन् । समूहबाट केन्द्रिय सदस्यमा रमेश बास्तोला उम्मेदवार बनेका छन् ।

उम्मेदवार मनोनयन पश्चात सामुहिक तस्बिर खिचाउँदै प्रोग्रेसिभ समूहका पदाधिकारीहरु
प्रोग्रेसिभ समूहको उपाध्यक्षमा इञ्जिनियर धु्रवराज भट्टराई, सचिवमा इञ्जिनियर दीपक थापा, सहसचिव इञ्जिनियर विष्णुप्रसाद खनाल र कोषाध्यक्षमा इञ्जिनियर सोवितबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रोग्रेसिभकै सदस्यमा इन्जिनियरहरु हरिकला थापा गुरुङ, केशव बस्नेत, कृष्ण प्रसाद पौडेल, हरि केसी, राम कुमार श्रेष्ठ, बिमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिश कुमार ढकालको उम्मेदवारी परेको छ ।
मंसिर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।नेपाल इन्जिनियर्स एसोसिएसनको गत बर्षको चुनाबमा ९ जनाको कार्यसमिति मध्ये सचिब पदमा प्रोग्रेसीभ समुहले जित हाँसिल गरेको थियो भने अध्यक्ष सहित अन्य सबै पदमा डेमोक्रेटिक समूह बिजयी भएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु