तनहुँ । तनहुँको पर्यकिय गाउँ हिलेखर्कमा रोटरी क्लब अफ दमौलीले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । क्लबले यहि मंसिर ९ गते आइतबार तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ मा रहेको पर्यटकिय गाउँ हिलेखर्कमा शिविर संचालन गर्ने भएको छ ।
उक्त स्वास्थ्य शिविरको सहआयोजकमा आबुखैरेनी गाउँपालिका रहेको छ भने विशेष सहयोगिको रूपमा डाबर नेपाल रहेको छ । आगामी आइतबार मणिपाल शिक्षण अस्पताल पोखराको प्रविधिक सहयोगमा हिलेखर्कमा उक्त शिविर गर्न लागिएको क्लबका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ जानकारी दिए ।

उक्त शिविरमा नाक, कान, घाटी तथा थाइराइड विशेषज्ञबाट उपचार गरिने त्यस्तै स्त्री तथा प्रसुती, बाल रोग विशेषज्ञबाट सम्बन्धि रोगको उपचार गरिने आयोजकले जनाएको छ । त्यसैगरि सामान्य चिकित्सक पेट, छाती तथा मुटु रोगको समेत उपचार गरिने छ । साथै उक्त शिविरमा निशुल्क औषधि समेत वितरण गरिने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

उक्त शिविरमा रोट्रयाक्ट क्लब अफ दमौली र इनरह्विल क्लब अफ दमौलीले स्वयंसेवकको रुपमा सहयोग गर्ने छन ।२०६३ सालमा पनि रोटरी क्लब अफ दमौली सोही स्थानमा निशुल्क स्वास्थ्य शिविर गरिएको र पुनः १२ वर्ष पछि सोही रमणीय गाउँमा वरिष्ठ चिकित्सकको टोलिबाट निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लबका पुर्व अध्यक्ष हरि सिं गुरुङले जानकारी दिए । हिलेखर्क गाउँको आधा दर्जन घरमा होम स्टे रहेको छ ।
रोटरी क्लब अफ दमौलीले शनिबार हिलेखर्कमा हिलेखर्क भृकुटी समुहका अध्यक्ष चन्द्र प्रकाश गुरुङको अध्यक्षतामा स्थानीय, आमा समुह र युवा क्लबहरुका प्रतिनिधिहरु संग शिविरको तयारी बैठक सम्पन्न गरेको छ । बैठकमा उक्त शिविर सफल बनाउन गर्न सकिने काम बारेमा छलफल गरिएको थियो ।
उक्त बैठकमा रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, पुर्व अध्यक्ष हरि सिं गुरुङ, पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, पुर्व अध्यक्ष डिल्लीराम विक लगाएतको उपस्थिति रहेको थियो । वडा सचिव मातृका हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।
हिलेखर्क
बन्दीपुरबाट हिलेखर्क १५ किमि टाढा छ । हिलेखर्क,तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ मा पर्छ । यो गाउँ समुन्द्री सतहबाट १७०० मिटरको उचाइमा रहेको छ । बन्दिपुर बाट १ घण्टा ३० मिनेटको समयमा गाडी बाट पुग्न सकिन्छ ।
हिलेखर्कका आधा दर्जन घरमा होमस्टे सुविधा छ । त्यहाँ स–साना पसल पनि छन् । केही होटल छन् । पाहुना स्वागत गर्न बसेका सुन्दर मन छन् । सुपथ मूल्यमा पाइन्छ लोकल कुखुराको मासुभात, गुन्द्रुक र ढिँडो । साथमा नरेपा पनि । चिसो ठाउँ गाउँले परिवेश, एकान्तको बस्ती ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ