काठमाडौं । ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले उपाधि जित्नसक्ने सम्भावना देखाएकी छन् । चीनको सान्या सहरमा जारी १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा उनी उत्कृष्ट ३० मा छनोट हुँदै अन्तिम चरणमा प्रवेश गर्न सफल भएकी हुन् ।
उनी भोटिङमा अरु प्रतियोगी भन्दा निकै अगाडि देखिएकी छन् । समाचार तयार पार्दासम्म उनी २९.५५ प्रतिशत भोट प्राप्त गर्दै सबैभन्दा अगाडि देखिएकी हुन् ।
भोटिङमा उनको प्रतिद्धन्दीको रुपमा फिलिपिन्सकी क्याटरिना रोद्रिकेज र तेस्रो स्थानमा फ्रान्सकी मेभा कोके देखिएका छन् । यी दुबैकोले क्रमश ८.६४ प्रतिशत र ७.४२ प्रतिशत भोट प्राप्त गरेका छन् ।
मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी पहिलो नम्बरमा छिन् । मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । पेसाले इन्जिनियर २२ वर्षे शृंखला एसियाबाट सबैभन्दा प्रभावशाली सावित भएकी छन् । काउन्ट डाउन सुरु भइसकेको मिस वल्र्डको अन्तिम प्रतिस्र्पधा डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।
सम्बन्धित खबर
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग