काठमाडौ । भुगर्भ सिमेन्टको सहकार्यमा आयोजित नबौँ सस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । अवार्ड समारोहमा विभिन्न विधामा कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो । वर्ष भरिमा गीत संगितमा उत्कृष्ट काम गरे बापत संगीत कर्मिहरुलाइ अवार्ड प्रदान गरिने गरिन्छ ।
यसै अन्तर्गत बर्ष कै सर्बोत्कृष्ट लोक गायकमा “फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” बोलको गीतबाट गायक नविन पौडेल लाई अवार्ड प्रदान गरिएको हो । करिब दुई दशक लोकगीतको श्रीबृद्दिमा लागेका अहिलेका निक्कै नै ब्यस्त चर्चित लोकप्रिय एबम स्टेजका अपरिहार्य पौडेल लाई सर्बोत्कृष्ट गायकको बिधामा सम्मान गरिएको सस्थाकी अध्यक्ष लिना शर्मा रेग्मिले बताइन ।

गीत सङीत क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा वितरण गरिएको अवार्ड समारोहमा वरिष्ठ गायक एबम संगितकार शक्ति बल्लब लाई एक लाख राशी सहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो। यथार्थपरक चेतनामूलक एबम समयसापेक्ष गीत सिर्जना अनवरत र अविछिन्न रुपमा लागेका पौडेलको लागि यो दोश्रो अवार्ड हो ।
यस अघि उनले सगरमाथा म्युजिक अवार्डमा “बाग्लुङ दरमखोला” बोलको मौलिक बन्चेबाजाको गीतबाट सर्बोत्कृष्ट मौलिक गीत गायकको बिधामा अवार्ड प्राप्त गरेका थिए । देशका लगभग सबै भुभाग र विश्वका दर्जनौँ शहरमा पुगेर हाम्रो देशको कला संस्कृतिलाइ प्रोत्सहान गरिरहेका छन गायक पौडेल ।
उनका ए हजुर सुन्नुभाछर, यस्तै हुन्छ भन्नेभा, रातो डोरि कपाल लर्केको, के सम्झना छर जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायत का दर्जन बढी गीत हरु दर्सक श्रोताको मानसपटलमा बसिसकेका छन ।
मृदुभाशी सरल एबम सामाजिक भाबनाका गायक पौडेल अन्तराष्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्व केन्द्रिय सदस्य समेत हुन । आगामी दिनमा अझ राम्रा गितहरु सृजना गरेर दर्शक श्रोताको मन जितिरहन चहान्छन गायक पौडेल ।
यसैक्रममा आगामी योजना सुनाउदै उनले सुन्दर सुदुरपश्चिमको कला संस्कृती र पर्यटन सम्बन्धी गीत “घर मेरो सुदुरपश्चिम” लिएर छिट्टै आउदैछन।
सम्बन्धित खबर
नवौं संस्करणको वालिङ महोत्सव सुरु
नवौं चरणको वालिङ महोत्सव आजदेखि
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो