किरण श्रेष्ठ, तनहुँ । शनिबार साँझ चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका वडा नं. २ ढल्केबरका १० बर्षिय अमृत गुरुङ्गको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
साँझ ६ बजे खाना खाएर हात धुन आगनमा निस्केका गुरुङलाई चिुतवाले आक्रमण गरि घाइते बनाएको र उपचारको क्रममा लक्ष्मि अस्पताल डुमेमा मृत्यु भएको स्थानीयले बताएका छन् ।
सो घटना पछि भानु नगरपालिका वडा नं २ ढल्केबरमा चितुवाको आक्रमणबाट बलकको मृत्यु पछि सो आसपासमा जंगलमा चितुवा खोज्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुखको सिद्धि विक्रम शाहले जानकारी दिए ।
यसअघि पनि भानु नगरपालिकामा चितुवाको अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाई सकेका छन् । कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका-४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
कार्तिक २९ गते भानु ४ कि ४ बर्षिय रन्जिता लम्सालको हत्या पश्चात् सुरक्षाकर्मीले चितुवाको खोजि गरेपनि फेला नपरेपछि छाडेको थियो । त्यस्तै मंसिर १ गते नै भानु नगरपालिका-२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए ।
यस्तै, गत वर्ष२०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो ।
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ