नेगम परियार, मनाङ । राष्ट्रसेवक कर्मचारीहरुद्धारा सञ्चालित श्री राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा आइतबार चामेमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय समीती लेखा परिक्षण काठमाडौँका संयोजक मुकुन्द्र प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन गरि संस्थाको ७औँ बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा केन्द्रिय सचिव शान्ति प्रसाद लुईटेलको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा नयाँ सञ्चालक समिति समेत गठन गरिएको छ । नयाँ सञ्चालनक समितिमा निलकण्ठ पौडेल अध्यक्षमा निर्विरोध बिजय भई उनकै अध्यक्षतामा ७ सञ्चालक समिती समेत गठन गरिएको छ । साथै ३ जना रहने गरि लेखा समिति समेत गठन गरिएको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
लेखा समितिमा गोबिन्द रानाभाटको संयोजकत्वमा सदस्यहरु हरि प्रसाद अधिकारी र सुरेन्द्र चौधरी गरि तिन लेखा समिति गठन गरिएको हो । त्यस्तै संञ्चालक समितिमा निलकण्ठ पौडेलको अध्यक्षतामा सात जनाको सञ्चालक समिति गठन गरिएको छ ।
संञ्चालक समितिमा क्रमशः उपाध्यक्ष नमुनाथ पाध्य, सचिव तुलसी गुरुङ,कोषाध्यक्ष रामु अधिकारी, सदस्यहरुमा सुदिप प्रसाद अधिकारी, उमाकान्त रेग्मी र जित बहादुर गुरुङ सहितको ७ सञ्चालक समितिको पनि गठन गरिएको संस्थाका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
हाल राष्ट्रिय सहकारी बैँक लि. र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. संग राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आबद्धता रहेको पनि पौडेलले बताए । हाल यस सहकारी संस्थामा ८० जना निजामती कर्मचारीहरुको शेयर सदस्य संख्या रहेको छ ।
यस सहकारी संस्थाले हाल मनाङ जिल्लामा राष्ट्रिय युवा परिषद नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. जिल्ला युवा समितिको संयुक्त आयोजनामा तिलिचो किराना पसल साझेदारी फर्म समेत सञ्चालन गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु