विगत १४ वर्ष देखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आईरहेको ईजुकेशन प्लानेट पोखरा शाखाले आईतवार अस्ट्रेलियन युनिभर्सिटीज एसेसमेन्ट डे सम्पन्न गरेको छ। चिप्लेढुङाको सेलवेज टावर स्थित आफ्नै कार्यालयमा सम्पन्न भएको एप्लिकेसन डेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले उद्घाटन गर्दै समय सुहाउँदो वैदेशिक शिक्षा लिनका लागि धेरै नेपाली विद्यार्थीहरु अस्ट्रेलिया जाने गरेको र यस्ता कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई धेरै कुराको जानकारी दिने वताएका छन्।
सहि परामर्शको अभावमा धेरै विद्यार्थीहरुले अस्ट्रेलिया पुगेर दु:ख पाईरहेको अवस्थामा स्वदेशमै सवै कुरा बुझ्न यस्ता खाले कार्यक्रम फलदायी हुने समेत वताए ।
अष्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीहरुको प्रत्यक्ष सहभागीता सम्पन्न एप्लिकेसन डे मा करिव २१३ जना विद्यार्थीहरुले सहभागिता जनाएको ईप्लानेट पोखरा संस्थापक निर्देशक टि एन शर्माले जानकारी दिए।

अस्ट्रेलिया पढ्न जान चाहने प्लस टु, व्याचलर तथा मास्टर्स सकेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको एप्लिकेसन डे सोचे भन्दा पनि सफल भएको शर्माले जनाए। विद्यार्थीहरुले अस्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु मार्फत आफू जान चाहेको कोर्स, लाग्ने शुल्क, लोकेशन, शिक्षा प्रणाली, भिजा प्रोसेसिङ लगायतका कुराहरु जानकारी लिएका थिए।
उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि धेरै फेयर भईरहेका छन्। तर अस्ट्रेलियन एडुकेशन संग सम्वन्धित सहि सुचना विद्यार्थी तथा अभिभावकले आफ्नो आवश्यकता अनुसार नपाएको गुनासो हामीले पाएको अवस्थामा विद्यार्थीहरुको आर्थिक र शैक्षिक स्थितिलाई सम्बोधन गर्न उनिहरुको सामर्थ्य अनुसार स्थान, कलेज, कोर्स लगायत अन्य कुराहरुको जानकारी अस्ट्रेलियन एप्लिकेसन डे ले गरेको सिनियर काउन्सिलर भिजन सुवेदीले वताए।

फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्पट स्कलरशिप तथा गिफ्ट ह्याम्परको समेत प्रदान गरिएको अपरेशन हेड जमुना सुवेदीले जानकारी दिईन्। काठमाडौंको वागवजारमा मुख्य कार्यालय रहेको संस्थाले पोखरा, चितवन, वुटवल तथा अस्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ र एडिलेट गरि ४ वटा ठांउवाट विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’