पोखरा, २१ मंसिर । पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसमा नयाँँ विद्यार्थीको स्वागत तथा मोटिभेशनल कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । क्याम्पसले ब्याचलर प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागतका साथै सबै विद्यार्थीलाई उत्प्रेरणामूलक कार्यक्रम राखेको हो ।
क्याम्पसका प्राध्यापक नगेन्द्र भण्डारी र पूर्व विद्यार्थी एवम् युवा वैज्ञानिक विकल्प ढुङ्गानाले मल्टिमिडिया प्रविधि मार्फत मोटिभेशनल स्पीच दिएका थिए । उक्त अवसरमा प्राध्यापक भण्डारीले विद्यार्थीले आफ्नो लक्ष्य तय गरेर सोहि लक्ष्य अनुसार योजना कार्यन्वयन गरि आफ्नो मार्गदर्शन तयार पार्न विद्यार्थीलाई प्रोत्साहित गरे ।
युवा वैज्ञानिक ढुङ्गानाले जिवनको मार्गदशनमा विभिन्न अवरोधहरु खडा हुन सक्ने भन्दै प्रत्येक अवरोधको सामना गर्न विभिन्न विकल्पको खोजि गर्नुपर्ने बताए ।
पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रमुख कृष्ण बहादुर के.सीले स्वागत गर्दै विद्यार्थीहरुले आफ्नो जिवनमा बैकल्पिक लक्ष्य निर्माण गर्दै अगाडि बढ्नु पर्ने विचार व्यक्त गरे । कार्यक्रमको संञ्चालन प्राध्यापक ध्रुब शर्माले गरेका थिए । सो अवसरमा कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार