पोखरा, २२ मंसिर । कवि सरस्वति प्रतिक्षाले विहिबार साँझपख पुर्वपतिसँगै बसेको एउटा फोटो र दुई लाईन स्टाटस फेसवुकमा पोष्ट गरिन् । केही मलिन र अलिकति मात्रै खुशीजस्तो देखिने तस्विरको सिरानमा यस्तो स्टाटस थियो–‘सम्बन्ध बिच्छेद गरेको आजबाट ठिक तीन वर्ष पूरा भएर चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो । सम्बन्ध बिच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध बिच्छेद समेत एक उत्सव बनिदिदो रहेछ ।’

उनको यो फोटो र स्टाटसमा धेरैले धेरै किसिमको कमेण्ट गरेका छन् । फेसवुकमै ११ सय भन्दा बढी कमेण्ट र ३ हजार भन्दा बढी लाईक तथा ५ सय हाराहारीमा शेयर भएका छन् । उनको यो फोटोमा अधिकांशले आश्चर्य देखाएका छन्, केही नमूना उदाहरण ठानेका छन् भने केहीले चाहीँ गाली गरेर प्रतिक्रिया दिएका छन् ।
नेपालमा लगभग पहिलो नै मान्नुपर्छ, पूर्वपतिसँग लञ्च गरेर खुशीसाथ स्टाटस र फेसवुक पोष्ट गरेको यो घटना । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् ।
सरस्वती थकाली बाबु र बाहुनी आमाकी छोरी हुन् । बाबुआमाजस्तै उनले पनि अन्तरजातीय विवाह गरेकी थिइन् । उनलाई पोखराका प्रख्यात साहित्यकार सरुभक्तले ०५५ सालमा धर्मपुत्री बनाएका थिए । उनी आफूलाई जन्मदिने पिताभन्दा धर्मपितालाई महत्व दिन्छिन् ।
सरस्वती र ठाकुरका एक छोरा छन् । श्रीमानसँग डिभोर्सपछि आफ्नो हिस्साको सम्पत्ति लिएर सरस्वती पोखरामा बस्दै आएकी छिन् । छोरा उनीसँगै बस्छन् । उनका पूर्वपति ठाकुर पनि पोखरामै बस्छन् । यूआरएलका प्रबन्धक निर्देशक उनी सफल व्यवसायी हुन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए