पोखरा । बिश्वब्यापी रुपमा आयोजना हुन गैरहेको हल्ट पुरस्कार प्रतिस्पर्धा (HULT Prize Challenge 2019) कार्यक्रम पोखरामा पनि हुने भएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान (IOE), पश्चिमाञ्चल क्याम्पस र त्रिभुवन विस्वबिध्यालयका विद्यार्थीको समुह क्लब अफ टेक्निकल स्टुडेन्ट्सको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
पोखरामा अध्ययनरत त्रिभुवन विश्वबिद्यालयका बिद्यार्थीलाई लछित गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विश्वका १५० बढी देशमा हुने यस प्रतियोगिता नेपालमा त्री बी अन्तर्गतका सम्पूर्ण देशभरिका प्राबिधिक संकायका सबै बिद्यार्थीले भाग लिन पाउने छन् ।
लाखाँै मानिसलाइ प्रत्यक्ष प्रभाब पार्नसक्ने बिद्यार्थीहरुका नविनतम बिचारहरुलाइ विस्वव्यापीरुपमा प्रतिस्पर्धि बनाइ उनिहरुका उत्कृस्ट बिचारमार्फत सामाजिक उद्धमशिलता को बाताबरण सृजना गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ ।
यस प्रतियोगिताको लागी बिद्यार्थी हरुले ३ देखि ४ जना सम्म को आफ्नो बनाइ HULT@IOEPaschimanchal को वेबसाइटमा गइ आबेदन दिनुपर्नेहुन्छ । मङ्गसिर २६ सम्म आबेदन दिन पाइने यस प्रतिस्पधामा सहभागी हुन कुनै सुल्क नलाग्ने आयोजकले जनाएको छ । आवेदन दिएका विद्यार्थीलाई अभिमुखीकरण तालिमको पनि ब्यबस्था गरिएको छ ।
विल क्लिन्टन फाउन्डेसन द्वारा सन् २००९ देखि सुरु भएको बिश्वब्यापी यो प्रतिस्पर्धा को लागि यो बर्ष युवा रोजगारी बिषय छनौट गरिएको छ । दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पुरस्कार पाउनेछन् ।
हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।
नेपालबाट त्रिभुवन,काठमाडौ, पूर्वाञ्चल र पोखरा विश्वबिद्यालयबाट छनौटमा परेका एक एक टिम गरि ६ टिम दोश्रो राउन्डको लागि दुवइ, सङ्घाइ, सिंगापुर लगायत २५ ठाँउमा जाने अबसर पाउने छन् ।
विभिन्न देशका बिद्यार्थीहरुको माझमा ख्यातीप्राप्त र विषयबिज्ञ निर्णायकहरु लाइ आफ्नो आइडिया प्रस्तुत गरि उत्कृस्ट टिममा पर्न सफल भएका समूहलाई बेलायतमा लगिने छ । अन्तिम चरण को प्रतिस्पर्धा आगामी बर्ष २०१९ को सेप्टेम्बरमा युएन हाउसमा हुने जनाइएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार