१० लाख अमेरिकी डलरको हल्ट पुरस्कार प्रतिस्पर्धाका लागि आवेदन खुल्ला

१० लाख अमेरिकी डलरको हल्ट पुरस्कार प्रतिस्पर्धाका लागि आवेदन खुल्ला

Hult

पोखरा ।  बिश्वब्यापी रुपमा आयोजना हुन गैरहेको हल्ट पुरस्कार प्रतिस्पर्धा (HULT Prize Challenge 2019) कार्यक्रम पोखरामा पनि हुने भएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान (IOE), पश्चिमाञ्चल क्याम्पस र त्रिभुवन विस्वबिध्यालयका विद्यार्थीको समुह क्लब अफ टेक्निकल स्टुडेन्ट्सको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पोखरामा अध्ययनरत त्रिभुवन विश्वबिद्यालयका बिद्यार्थीलाई लछित गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विश्वका १५० बढी देशमा हुने यस प्रतियोगिता नेपालमा त्री बी अन्तर्गतका सम्पूर्ण देशभरिका प्राबिधिक संकायका सबै बिद्यार्थीले भाग लिन पाउने छन् ।

लाखाँै मानिसलाइ प्रत्यक्ष प्रभाब पार्नसक्ने बिद्यार्थीहरुका नविनतम बिचारहरुलाइ विस्वव्यापीरुपमा प्रतिस्पर्धि बनाइ उनिहरुका उत्कृस्ट बिचारमार्फत सामाजिक उद्धमशिलता को बाताबरण सृजना गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ ।

यस प्रतियोगिताको लागी बिद्यार्थी हरुले ३ देखि ४ जना सम्म को आफ्नो बनाइ HULT@IOEPaschimanchal को वेबसाइटमा गइ आबेदन दिनुपर्नेहुन्छ । मङ्गसिर २६ सम्म आबेदन दिन पाइने यस प्रतिस्पधामा सहभागी हुन कुनै सुल्क नलाग्ने आयोजकले जनाएको छ । आवेदन दिएका विद्यार्थीलाई अभिमुखीकरण तालिमको पनि ब्यबस्था गरिएको छ ।

विल क्लिन्टन फाउन्डेसन द्वारा सन् २००९ देखि सुरु भएको बिश्वब्यापी यो प्रतिस्पर्धा को लागि यो बर्ष युवा रोजगारी बिषय छनौट गरिएको छ । दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पुरस्कार पाउनेछन् ।

हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।

नेपालबाट त्रिभुवन,काठमाडौ, पूर्वाञ्चल र पोखरा विश्वबिद्यालयबाट छनौटमा परेका एक एक टिम गरि ६ टिम दोश्रो राउन्डको लागि दुवइ, सङ्घाइ, सिंगापुर लगायत २५ ठाँउमा जाने अबसर पाउने छन् ।

विभिन्न देशका बिद्यार्थीहरुको माझमा ख्यातीप्राप्त र विषयबिज्ञ निर्णायकहरु लाइ आफ्नो आइडिया प्रस्तुत गरि उत्कृस्ट टिममा पर्न सफल भएका समूहलाई बेलायतमा लगिने छ । अन्तिम चरण को प्रतिस्पर्धा आगामी बर्ष २०१९ को सेप्टेम्बरमा युएन हाउसमा हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ