गण्डकी प्रदेशसभामा बागलुङ–२ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा बिहीबार निधन भएको छ ।
जन्डिसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मङ्गलवार एअरएम्बुलेन्सबाट नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । लामो समयदेखि बिरामी परेका घर्ती मङ्सिर पहिलो साता गम्भीर भएपछि पोखराको फेवा सिटी अस्पतालमा चार दिनसम्म उपचार गरिएको थियो । तर सुधार नभएपछि मङ्सिर ८ मा काठमाडौँको ग्रान्डी अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि भारत पुर्याइएको थियो । उनको कलेजो प्रत्यारोपणको तयारी हुँदै थियो ।
घर्तीको शव गृह जिल्लामा ल्याइँदै गरेको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेता कृष्ण थापाले बताए । ‘बिहीबार दिउँसो १ बजेतिर उहाँको निधन भयो’, थापाले भने, ‘शव ल्याउने काम भइरहेको छ । यहाँको अन्तिम संस्कार गर्ने बारे छलफलमा छौँ ।’ घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले माओवादीसँगको तालमेलमा उनले जित हात पारेका थिए ।
ढोरपाटन नगरपालिकाको अधिकारीचौर घर भएका घर्तीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा