पोखरा । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति शुक्रबार पोखरामा दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ। निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिना बितिसक्दा समेत सरकारले अपराधी पत्ता लगाउन तदारुकता नदेखाएको भन्दै दारि ग्याङ पोखराले न्यायको माग गर्दै सांकेतिक बिरोध प्रदर्शन गरेको छ ।
पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा सर्वसाधारणले समेत स्वत: स्फुर्त सहभागी भएका थिए । बार्सा नेपाल र पहिलो पाइलाले समेत सहयोग गरेको दारी ग्याङ पोखराका संयोजक बसन्त पहारी बताए ।
“बिरोध भन्ने बित्तिकै नाराबाजी, चक्काजाम, जुलुस नै प्रदर्शन गर्नुपर्दछ भन्ने छैन । सभ्य र मौन तरिकाले सांकेतिक भाषामा पनि बिरोध प्रदर्शनमा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण आजको बिरोध प्रदर्शनने सिकाएको छ ।” संयोजक पहारीले बताए ।

युवाहरुले सांकेतिक बिरोध स्वरुप सरकारको दिमागको बत्ती कहिले बल्ने, सरकारको घैटोमा घाम लाग्ने कहिले?, के नेपालको कानुन सांचिकै अन्धो छ र? लगायतका नारा बोकेको ब्यानर, प्ले कार्ड बोकेका थिए । शान्त रुपमा अभियन्ताहरुले सांकेतिक बिरोध प्रदर्शन गरेका थिए ।

तस्बिरहरू :




सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा