काठमाडौं । सोमबार बिहान पोखराका लागि उडेको विमान अघिपछि जस्तै सामान्य अवस्थामै उडेको थियो । विमानका यात्रुहरु पनि आ-आफ्नो सिटमा थिए । सबै आफ्नै धुनमा ।
विमानको अन्तिम सिट खाली थिए । अन्तिममा एक दम्पती बसे । यात्रुले खासै चासो दिएनन् । सामान्यतया विमानका अगाडी सिटमा बस्नेहरुले पछाडी फर्केर नहेर्ने भएकोले त्यो दम्पतीमाथि कसैको पनि नजर परेन ।
विमान पोखरा विमानस्थलमा सोमबार बिहान करिब साढे ११ बजे ल्याण्ड गर्दा जब विमानमा पूर्वराजा रानी रहेको त्यतिबेला मात्र थाहा भयो, जतिबेला यात्रुहरु विमानबाट ओर्लिरहेका थिए । सोही विमानमा यात्रा गरहेका कलाकार महेश गोदारले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलसँग सेल्फि खिच्ने बिचार गरे । उनले सेल्फिका लागि अनुमति मागे । पूर्वराजाले मुस्कुराएर अनुमति दिए । गोदारले दुई वटा सेल्फि फोटो लिए । गाेदारले भने, ‘पहिला त विमानमा पूर्व राजा रहेको थाहा नै भएन । म पछाडीकै सिटमा नजिकै भएकाले थाहा पाएँ । मैले अनुमति लिएर सेल्फि खिचेँ ।’
सोमबारदेखि पूर्व राजाको पोखरा भ्रमण शुरु भएको छ । पोखरा विमानस्थलको वातावरण निकै फरक भए पनि विमानमा भने उनी सामान्य नागरिकको हैसियतमा थिए । गोदारले सामाजिक सञ्जाल फेसबुकमा पूर्व राजासँगको सेल्फि पोस्टसँगै लेखेका छन्, ‘रियो छमछमी ४ को अडिसनका लागि पोखरा जाने क्रममा पुर्व राजा ज्ञानेन्द्र संगै आजको यात्रा भए छ, राष्ट्रपति लाई प्राईभेट हेलिकप्टर राजा भने जनता कै हसियतमा।’ गोदारले भने, ‘विमानमा सबै चढिसकेपछि अन्तिममा आएर पछाडीको सिटमा पूर्वराजा रानी बसे । सामान्य नागरिक जस्तै । त्यहाँ कुनै विशेष व्यवस्था थिएन ।’
पोखरा विमान स्थलमा भने पूर्वराजाको स्वागतमा ठूलो भीड जम्मा भएको थियो । नेपालको राष्ट्रिय झण्डासहितको भीडले नारा पनि लगायो ‘गणतन्त्रलाई फाँसी दे, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ।’

-डीसीनेपालबाट
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो