तनहुँ । सहयोगी हातहरुको समुह (सहास) नेपाल अन्र्तगत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको विभिन्न स्थानमा संचालन भएको खानेपानिको ट्याङ्कि निर्माण, खाद्य सुरक्षा, सरसफाई, जिविकोपार्जन सुरक्षाका लागी पर्याबरणिय विकास तथा कृषि जैविक विविधता परियोजनाको गाउँपालिका स्तरीय सरोकारवाला निकाय बाट अनुगमन गरिएको छ ।
परियोजनाले संचालन गरेको कृषि तथा पार्याबरण, आय आर्जन, भौतिक निर्माण र संस्थागत बिकासका बिभिन्न गतिविधिहरुको अवलोकन संगै उपभोक्ताहरुसँग छलफल गरिएको छ ।

परियोजनाले गोठ सुधार, जैविक विषादी, घर बगैचा, अन्न बाली तथा तरकारीका बिउ बिजनहरुको सहभागी मुलक जातिय छनोट गरी कृषकहरुको रोजाईमा परेको बिऊ बितरण गरेको सहास नेपालका परियोजना अधिकृत गंगाराम मगरले जानकारी दिए ।
परियोजनाले आय आर्जन मार्फत साना किसान बाख्रा, बंगुर, बोका, कुखुरा पालन, हरित गृह प्लाष्टिक टनेल निर्माण सँगै मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लगायतका कामहरु गरेको बताएको छ । परियोजना संचालन भएका गाउँहरुमा साना भौतिक पुर्बधारहरु सिचाई, बिद्यालय भवन, खानेपानी , लगायतका अन्य काम गरेको परियोजना अधिकृत मगरले बताए ।

उक्त अनुगमनमा बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६ डाडाछाप आगटारि गाउँमा सहास नेपालको सहयोगमा सम्पन्न भएको कामहरु अवलोकन गरिएको थियो । जसमा टोल सरसफाई, खानेपानी ट्यांकी निर्माण, गोठ सुधार, भाडा माझ्ने स्ल्याब निर्माण, टनेल, घर बगैचा आदि अवलोकन गरिएको थियो ।
स्थानिय महिलाहरुको आय आर्जन बढाउन च्याउ, मकै, तरकारी खेति आदिमा सहास नेपालले सहयोग गरेको परियोजना अधिकृत गंगाराम मगरले बताए । क्षमता अभिवृद्धि कार्यक्रम, घुम्ती कोष कार्यक्रम मार्फत आर्थिक सहयोग गरि व्यवसायमा सहयोग समेत सहाह नेपालले पुर्याएको छ ।

उक्त अनुगमनमा देवघाट गाउँपालिकाकी उपाध्यक्ष बिमला थापा, देवघाट गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष भिम बहादुर गुरुङ, देवघाट गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पदम बहादुर गुरुङ, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष एल बहादुर गुरुङ, देवघाट गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुंगाना, देवघाट गाउँपालिका वडा नम्बर ४ का वडासदस्य पशुपति तिवारी, बन्दिपुर गाउँपालिकाका कम्प्युटर अधिकृत दिनश पौडेल, बन्दिपुर गाउँपालिकाका बजार अनुगमनकर्ता राम बहादुर विक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तरकारी किनेर होइन आफ्नै बारीमा आफैले उत्पादन गरि खानुपर्छ भन्ने बानिको विकास भएको सहास नेपालकी सुस्मा गुरुङले बताइन । सहास नेपालले गरेको खानेपानी, कृषि तथा सरसफाईका क्षेत्रको काम एकदमै राम्रो लागेको देवघाट गाउँपालिकाकी उपाध्यक्ष बिमला थापा बताइन ।
घर बगैचा कार्यक्रम अन्तरगत खरायो, मौरी, गडौला रहेको छ भने गोठ सुधार अन्तरगत गाइभैसीको पिसाब संकलन गरि तरकारी तथा खाद्यबालिमा किरा मार्न प्रयोग गरिएको छ ।
त्यस्तै बन्दिपुर-६ बाक्से हटियामा गाउपालिकाको आर्थिक सहयोग र सहास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ६ सय मिटर उचाइमा खानेपानि लिफ्ट मार्फत गाउँमा ल्याइएको छ । उक्त खानेपानीबाट गाउँको ५१ घरले सेवा लिने सहास मूल समितिका उपाध्यक्ष मेख बहादुर गुरुङले बताए ।
ग्याजाटारमा खानेपानि ट्यांकी उद्घाटन
बन्दिपुर गाउँपालिका वडा नम्बर ६ ग्याजाटारमा सहास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानीको ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त खानेपानी ट्यांकीको उद्घाटन बुधबार गरिएको छ ।
ट्यांकीको प्रमुख अतिथि देवघाट गाउँपालिकाकी उपाध्यक्ष बिमला थापा र बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का वडासदस्य सुजन गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका हुन । उक्त खानेपानि ५२ घर परिवार प्रयोग गर्न सक्नेछन । सहास नेपालको ५० हजार बराबरको निर्माण सामाग्री र प्राविधिक सहयोग र स्थानियको श्रमदानबाट उक्त ५ हजार लिटरको खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख आतिथि देवघाट गाउँपालिकाकी उपाध्यक्ष बिमला थापाले खानेपानि लाइ लिफ्टिङ गरेर गाउँ सम्म पुर्याउनुपर्ने र यसमा बन्दिपुर गाउँपालिकाले सहयोग गर्नुपर्ने बताइन । एकीकृत गुरुङ गाउँमा होम स्टे समेत बनाउन सकिने सम्भावना देखिन्छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’