नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष दीपककुमार आले र गाउँपालिकाका प्राविधिक प्रमुख वीरेन्द्र तिवारी र खरिद शाखा प्रमुख रामचन्द्र पौडेल छन् । रुपा गाउँपालिका-७ बाट कुनै प्रतिनिधि छैनन् ।
रुपा गाउँपालिका-७, कुनाको मुख (मादीखोला) घाटबाट अवैध रूपमा ढुंगा, बालुवा र गिटी कारोबार गरिरहेको तथ्य फेला परेपछि त्यसबारे छानबिन गर्न समिति गठन गरेको गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिए । उनले भने, ‘नवगठित कार्यदलले छानविन गर्छ । त्यसैले बुझाएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ ।’ समितिले १५ दिनभित्र प्रतिबेदन बुझाउने छ ।
सम्बन्धित समाचार: जनप्रतिनिधि नै ढुंगाबालुवा तस्कर, निकम्मा वडाध्यक्ष
जनप्रतिनिधि नै बालुवा, ढुंगा, गिट्टीजन्य पदार्थ तस्करीमा संलग्न रहेको पाइएपछि गाउँपालिकाले शनिबार स्पष्टीकरण बैठक बोलाएको थियो । जसमा घटनामा संलग्न वडासदस्य मोती श्रेष्ठको समूह उपस्थित भएको थिएन । मोती श्रेष्ठले भने आफूलाई कुनै जानकारी नआएकाले बैठकमा सामेल नभएको दाबी गरेका छन् ।
पटकपटक टेन्डर आह्वान गर्दा पनि नपरेपछि बुधबार गाउँपालिका प्रतिनिधि र सरोकारवाला निकाय रुपा– ७ मा पर्ने खोकटे, दुवाचौर, कुनाकोमुख, मादबेशी, कोइलानी क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अनाधिकृत रुपमा सरकारी जग्गामै वडा सदस्य मोती श्रेष्ठको समूहले करोडौं मूल्य बराबरको ढुंगा, माटो र बालुवा बेच्नका लागि तयारी अवस्थामा राखेको फेला परेको थियो ।
नदीजन्य पदार्थ अवैध तस्करी गरिरहेको समूहले लमजुङ घाटमा पहिल्यै खुलेको कागजपत्र देखाएर कुनाको मुखबाट कारोबार गरिरहेको अनुगमनकै क्रममा पाइएको हो । उनीहरुले लमजुङ मध्यनेपाल नगरपालिकामा खुलेको घाटको नामबाट ५ सय रोयल्टी देखाएर १८ सय रुपैयाँदेखि ३ हजारसम्म बालुवा, ढुंगा र गिटी पोखरा, दमौली लगायत क्षेत्रमा निकासी गरिरहेको तथ्य खुलेको हो ।
पहिले २ लाखमा टेन्डर जाने रुपा गाउँपालिका ३ वटा घाटबाट नदीजन्य पदार्थ असोजदेखि निकाल्न पाउनेगरी साउनमा टेन्डर आह्वान गरेको थियो । जसमध्ये वडा नम्बर १ को ७ लाख रुपैयाँ र वडा नम्बर ३ को घाट २७ लाख रुपैयाँमा टेन्डर परेको थियो ।
वडा नम्बर ७ को घाट गाउँपालिकाले ५ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर त्यो घाटमा टेन्डर परेन । ‘त्यसपछि पटकपटक गरी ५ पटकसम्म टेन्डर आह्वान ग¥यौं । कसैले पनि टेन्डर हालेनन्,’ रुपा गाउँपालिका प्रमुख नवराज ओझा भन्छन्, ‘अहिले छैटौं टेन्डरको तयारी गरिरहेका छौं ।’
उक्त अनुगमन टोलीले कुनाको मुखबाट ५ थुप्रा बालुवा, ६ थुप्रा ढुंगा सिलबन्दी गरेको थियो । ‘अनुमानित २ सय ५१ घनमिटर बालुवा र १ सय ४५ घनमिटर ढुंगा यहाँबाट सिल गरेका छौं,’ इन्जिनियर वीरेन्द्र तिवारीले भने । उनले मादीबेशी क्षेत्रबाट ६३ घनमिटर बालुवा र ३ घनमिटर ढुंगा सिलबन्दी गरिएको जानकारी दिए ।
‘कोइलानी क्षेत्रका २ थुप्रो बालुवा र २ थुप्रो ढुंगा पनि सिल गरेका छौं,’ प्राविधिक वीरेन्द्रले भने, ‘त्यहाँबाट ७२ घनमिटर बालुवा र १२ घनमिटर ढुंगा बरामद भएको छ ।’ कार्यपालिका बैठकले निर्णय नगर्दासम्म नदीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको वडाध्यक्ष ओझाले जानकारी दिए ।
– विकास रोका मगरले यो समाचार लेखेका हुन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो